काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य ५/५ रूपैयाँ र हवाई इन्धन प्रतिलिटर २० रूपैयाँका दरले बढेको छ ।
पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा २०० रुपैयाँ, सुर्खेत र दाङमा १९९ रुपैयाँ कायम हुने छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १९७ रुपैयाँ ५० पैसा पुगेको छ ।
निगमले एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।