काठमाडौं । यो वर्ष देशभर धान रोपाइककंमा कमी आएको देखिएको छ।
कृषि विभागको तथ्यांक अनुसार असार २६ गतेसम्म जम्मा ४९ प्रतिशत मात्रै धान रोपाइककं भएको छ।
रोपाइककं योग्य जमिनमध्ये सबैभन्दा कम कोशी र मधेश प्रदेशमा भएको छ। सबैभन्दा बढी सुदूरपश्चिम र गण्डकी प्रदेशमा भएको छ।
सबै प्रदेशमा गत वर्षको यसै समेको तुलनामा रोपाइककं कम छ।
कोशी प्रदेशमा २ लाख ७६ हजार हेक्टर जग्गामध्ये ८७ हजार हेक्टरमा मात्रै रोपाइककं भएको छ। यो ३१ प्रतिशत मात्रै हो।
गत वर्ष असारसम्म यो प्रदेशको ४१ प्रतिशत धान रोपाइककं सकिएको थियो।
मधेश प्रदेशमा रोपाइककंयोग्य जमिन ३ लाख ८५ हजार हेक्टर रहेकोमा हालमसम्म एक लाख २६ हजार हेक्टरमा मात्रै भएको छ।
गत वर्षको तुलनामा प्रदेशमा रोपाइँयोग्य जमिन बढेको देखिएको छ।
विभागको तथ्यांक अनुसार गत वर्ष मधेशमा रोपाइँ हुने जग्गाको क्षेत्रफल ३ लाख ७२ हजार हेक्टर मात्रै थियो। यस आधारमा गत वर्ष असारसम्म ३३ प्रतिशत रोपाइककं सकिएको थियो। अहिले भने ३२ प्रतिशत सकिएको छ।
बागमती प्रदेशमा १ लाख १४ हेक्टर रोपाइककंयोग्य जमिनमध्ये हालसम्म ६५ हजार हेक्टरमा रोपाइककं भएको छ।
गण्डकी प्रदेशमा ९३ हजार हेक्टरमध्ये ६१ हजार हेक्टरमा रोपाइँ सकिएको छ।
लुम्बिनीमा ३ लाख एक हजार मध्ये एक लाख ७९ हजार हेक्टरमा रोपाइककं सकिएको छ।
कर्णालीमा ४३ हजार हेक्टरध्ये २६ हजारमा सकिएको छ।
सुदूरपश्चिम प्रदेशमा एक लाख ५५ हजारमध्ये एक लाख ३६ हेक्टरमा रोपाइँ सकिएको छ।
कृषि विभागका अनुसार यो वर्षमा १३ लाख ७० हजार हेक्टरमा धान रोपाइककं हुने अनुमान गरिएकोमा हालसम्म ६ लाख ८२ हजार हेक्टरमा रोपाइँ भएको छ।
गत वर्ष १३ लाख ८३ हजारमा अनुमान गरिएकोमा यो समयमा ८२ हजार हेक्टर जमिनमा गरिएको छ।