काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्याण्डमा भेटवार्ता हुने भएको छ ।
थाइल्याण्डको राजधानी बैङ्ककमा आउँदो चैत १९ र २० गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रहरूको छैटौँ सम्मेलनमा दुई प्रधानमन्त्रीबीच साइडलाइन भेटवार्ता हुने भएको हो ।
परराष्ट्र मन्त्रालय स्रोतले अनुसार दुई प्रधानमन्त्रीबीचको भेटवार्ताका लागि आवश्यक तयारी थालिसकिएको जनाएको छ ।
प्रधानमन्त्री ओली बिम्स्टेक सम्मेलनमा भाग लिन चैत १९ गते थाइल्याण्ड जाने तय भएको छ । ओलीसँगै परराष्ट्रमन्त्री आरजु राणा पनि थाइल्याण्ड जाने छिन् ।
यसअघि ओली र मोदीबीच गत असोज ७ गते संयुक्त राष्ट्रसङ्घको महासभामा अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको थियो ।
FACEBOOK COMMENTS