काठमाडौं । प्रभु बैंकको २३औं वार्षिक साधारण सभा बैंकको सम्पन्न भएको छ ।
सभाले बैंक सञ्चालक समितिको प्रतिवेदन, गत आव ०८०-०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचिहरू पारित गरेको छ ।
साथै, प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको २०८०-०८१ को एकीकृत वित्तीय विवरण पनि पारित भएको छ।
सभाले संस्थापक समूहका अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह, बृष बहादुर बस्नेत र सर्वसाधारण समूहका सुरज कुमार श्रेष्ठ, श्री राजु पौडेल र किशोरजङ्ग कार्की समेत ६ जना सञ्चालक आगामी ४ वर्षका लागि निर्वाचित गरेको छ ।
बैंकले आफ्नो बैंकिङ्ग सञ्जाललाई विस्तारित गर्दै ७९ वटा एक्स्टेन्सन काउण्टर, २८६ वटा एटिएम र ३११ वटा शाखा कार्यालयहरूसहित ३५ लाख भन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिको माध्यमबाट गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराइरहेको छ।
FACEBOOK COMMENTS