काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेजबीच सहकार्य गर्ने समझदारी पत्रमा सम्झौता भएको छ।
बुधबार सेन्ट जेभियर्समा एक कार्यक्रमका बीच कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापनसहित पुँजीबजारको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्झौता भएको हो।
कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर. डा. अगस्टिन थोमस एस.जे.बाट हस्ताक्षर भएको छ।
उक्त कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजको तर्फबाट उप–प्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख मह प्रसाद श्रेष्ठको उपस्थिति थियो।
सम्झौताअनुसार प्रभु क्यापिटल लिमिटेडले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकताबमोजिम पुँजी बजारसम्बन्धी सामान्य, आधारभूत, तथा प्राविधिक विश्लेषणसम्बन्धी ज्ञान प्रदान गर्ने रहेको छ।
