चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा माओवादी कमजोर हुँदा प्रतिगामी तत्त्व सल्बालएका बताएका छन् । देशमा राजसंस्थाका पक्षमा गतिविधि बढिरहेका बेला प्रचण्डको यस्तो टिप्पणी आएको हो ।
शनिबार चितवनमा आयोजित जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानअन्तर्गत जागरणसभामा अभियानमा यस्तो बताएका हुन् ।
उनले आगामी आमनिर्वाचनसम्ममा सबै माओवादीलाई पार्टीको झण्डामुनि एकताबद्ध गरिने पनि दाबी गरे । उनले भने, ‘विसं २०८४ को निर्वाचनमा माओवादीहरू र समाजवादीलाई एकताबद्ध गर्ने ठाउँमा ल्याउने तयारीमा छौँ ।’
उनले अब माओवादी २०६४ सालमा हासिल गरेको चुनावी परिणम पुनः प्राप्त गर्नेतर्फ लागेको, आम जनतामा माओवादी केन्द्र एक्लै हिँड्न सक्दैन भन्ने भाष्य चिर्दै अघि बढ्ने बताए ।
आफूहरू पहिलेदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको बताउँदै उनले देशको विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुन आवश्यक रहेको बताए । माओवादी केन्द्रप्रति जनताको विश्वास बढेको अभियानका क्रममा आफूले महसुस गरेको बताउँदै उनले जनताको माग सम्बोधन गर्ने दल माओवादी केन्द्र भएको दोहोर्याए ।
यी पनि पढ्नुहाेस्-
उर्लिँदै राजावादीहरू, काठमाडौँमा फेरि भयो प्रदर्शन
गोरखाबाट पूर्वराजाको सन्देश– मेरो सक्रियतादेखि कोही डराउनु पर्दैन
राजा वीरेन्द्रको बंशनाश गर्ने योजना प्रचण्ड र प्रज्वल शमशेरले बनाएका हुन् : दुर्गा प्रसाईं
‘नेपालको व्यवस्था परिवर्तनमा साथ नदिए भारत टुक्रिन्छ, मणिपुर क्रिश्चियन राज्य बन्छ’
FACEBOOK COMMENTS