काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी इन्जिनियर पुष्कर अमात्यलाई दिएको छ ।
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सत्य राम ज्याख्व साउन १ गते देखि नेपाल विद्युत प्राधिकरणमा काज फिर्ता भएपछि संचालक समितिको ३८७ औँ बैठकले निमित्तको जिम्मेवारी अमात्यलाई दिइएको हो ।
साउन २ गते विहान बसेको बैठकले पुष्कर अमात्यलाई अर्को व्यवस्था नहुँदासम्मका लागि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोक्ने निर्णय भएको रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका सचिव नरनाथ न्यौपानेले जानकारी दिए ।