काठमाडौं । भिजन लुम्बिनी ऊर्जा लिमिटेडको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठ इनर्जी सोलुसन प्रालिमा १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।
यसअघि भिजन लुम्बिनी ऊर्जाद्वारा श्रेष्ठ इनर्जी सोलुसनलाई प्रवद्र्धन गर्ने अपर सेती–१ जलविद्युत आयोजना (१३ मेगावाट) लाई भिजन लुम्बिनी ऊर्जाद्वारा प्रवद्र्धित सेती नदी जलविद्युत आयोजना (२५ मेगावाट) को क्यासडेक आयोजनाका रूपमा निर्माण गर्न सैद्धान्तिक सहमती दिईको थियो।
उक्त निर्णय बमोजिम अपर सेती–१ जलविद्युत आयोजनालाई क्यासडेक आयोजनाका रूपमा निर्माण गर्न तथा भिजन लुम्बिनी ऊर्जाका आवश्यक पूर्वाधार एवं सुविधाहरू उपयोग गर्न दिएबापत श्रेष्ठ इनर्जी सोलुसनबाट १५ करोड रुपैयाँ प्राप्त गरेको थियो। कम्पनीले अपर सेती–१ जलविद्युत आयोजना (१३ मेगावाट) को निर्माण तथा विकासका लागि श्रेष्ठ इनर्जी सोलुसनमा सोही १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।