काठमाडौं, २८ असोज – हुन्डाई मोटर्सले २०२१ सान्ताफेको आधिकारीकरुपमा सार्वजनिक गरेको छ । नयाँ सान्ताफे निकै फ्रेस डिजाइनमा देखिएको छ । यसमा एड्भान्स लाइटिङ, आधुनिक फिचर, नयाँ हाइब्रिड इन्जिन, अल ह्वील ड्राइभ सिस्टम, थप सुरक्षा फिचरलगायतका थप फिचर दिएको छ ।
कम्पनीले पहिलो पटक ‘कलिङग्राफी’ भेरियन्टसमेत ल्याएको छ । यसमा पहिलेको तुलनामा थप फिचर र सुविधा उपलब्ध रहने जनाइएको छ ।
नयाँ सान्ताफेमा ‘थ्रि डायमेन्सनल ग्रिल’ दिएको छ । टि सेप्डमा एलइडी सिग्नेचर लाइट, एलइडी डेटाइम रनिङ लाइट, नयाँ फ्रन्ट ग्रिल, नयाँ बम्पर, पावर फोल्डिङ साइड मिरर, प्याडल ल्याम्प, नयाँ स्कीड प्लेट, नयाँ मफ्लर डिजाइन, २० इन्चको नयाँ अलोय ह्वील, रुफरेल, एलइडी टेल ल्याम्प जस्ता विशेषता दिइएको छ ।
हुन्डाई ब्ल्यूलिङ्क कनेक्ट फिचर, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ एम्बीयन्ट लाइट, थ्रि डाइमेन्सनल इन्ट्रुमेन्ट प्यानल, कन्ट्रास्टीङ सिट, प्रिमियम डोर प्यानल जस्ता फिचरले यसको क्याविनलाई निकै प्रिमियम बनाएको छ ।
यसलाई हुन्डाई मोटर्सले सन् २०२१ बाट एशियाली बजारमा पनि बिक्री सुरु गर्ने जनाएको छ ।
