काठमाडौँ । पश्चिम नवलपरासीमा स्वतन्त्र उम्मेदवार खड्कबहादुर बस्नेत विजयी भएका छन् । निर्वाचन क्षेत्र नं २ मा प्रदेश सदस्यका लागि उम्मेदवारी दिएका बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिष प्रधानलाई ७१ मतले पछाडि पार्दै विजयी भएका हुन्।
बस्नेतले १२ हजार चार सय ४९ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रधान १२ हजार तीन सय ७८ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका उम्मेदवार थानप्रसाद गैरे नौ हजार नौ सय ७१ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।
प्रधान मतगणनाको पहिलो दिनदेखि नै धेरै मतले अग्रता लिँदै आउँदा आज पानीको धारा चिह्न भएका स्वतन्त्र उम्मेदवार खड्कबहादुर बस्नेतले उनलाई उछिन्दै ७१ मतले विजयी भए ।