काठमाडौँ । हुलास स्टिल इन्डस्ट्रिजले १ वर्षमै साढे १५ अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। कम्पनीले १ वर्षमै ४ अर्ब रुपैयाँले आम्दानी बढाएको हो।
गत आर्थिक वर्षमा कम्पनीले १५ अर्ब ६५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष ११ अर्ब ४७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
हुलासले स्टिल सिट (टिनका पाता), पाइप लगायतका उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता ४ लाख ८१ हजार मेट्रिक टन रहेकोमा ५० हजार पाइप, ३ लाख ९४ हजार सिट उत्पादन गर्दै आएको छ।
गोल्छा परिवारको मुख्य लगानी रहेको कम्पनी १९८१ मा स्थापना भएको थियो। २००६ मा पब्लिक कम्पनीमा रुपान्तरण गरेको थियो।
चर्नले डेभलपमेन्ट कम्पनीले ५० प्रतिशत रहँदा जयश्री गोल्छाको २१ प्रतिशत, हिमान्सु गोल्छा, हितेश गोल्छा र हुलास मेटल क्राफ्टको समेत सेयर लगानी छ।
FACEBOOK COMMENTS