काठमाडौं । पेट्रोलियम तथा ग्यास सम्बन्धी नेपाल–भारत संयुक्त कार्य समूहको चौथो बैठक काठमाडौंमा सम्पन्न भएको छ।
मंगलबार एक दिनका लागि काठमाडौंमा भएको उक्त बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्यासको क्षेत्रमा थप अध्ययन गर्ने लगायतका अन्य विविध विषयहरुमा छलफल भएको छलफलपछि एक जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘पेट्रोलियम तथा ग्यास सम्बन्धी नेपाल–भारत संयुक्त कार्य समूहको चौथो बैठक काठमाडौंमा सम्पन्न भयो,’ विज्ञप्तिमा भनिएको छ,‘बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्यासको क्षेत्रमा थप अध्ययन गर्ने लगायतका अन्य विविध विषयहरुमा छलफल भएको थियो।’
उक्त बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले र भारतको तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव इसा श्रीवास्तवले नेतृत्व गरेका थिए।
FACEBOOK COMMENTS