असार १ गतेदेखि नयाँ बसपार्क बाहिरका सबै टिकट काउन्टर हटाउन काठमाडौं महानगरको निर्देशन
कर्पोरट खबर
10:48 am, शुक्रबार, जेठ १९, २०८०
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्क बाहिरका सबै टिकट काउन्टर हटाउन निर्देशन दिएको छ ।
महानगरले आज सार्वजनिक सूचना निकालेर असार १ गतेदेखि नयाँ बसपार्कबाहिरका सबै टिकट काउन्टर हटाउन र नयाँ बसपार्कबाट मात्र यात्रुवाहक गाडी सञ्चालन गर्न आग्रह गरेको छ । सूचनाको बेवास्ता गरे ट्राफिक प्रहरीसँग समन्वय गरी कानुनी कारबाही गरिने महानगरपालिकाले चेतावनी दिएको छ ।
यस्तै, अनधिकृत ठाउँमा पार्किङ गर्ने, टिकट बुकिङका लागि काउन्टर राख्ने, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने काम नरोकिएको भन्दै महानगरले यस अघिको सहमति पालना गर्न पनि आग्रह गरेको छ । त्यसैगरी महानगरले धुलीखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका गाडीलाई कलंकीदेखि जडीबुटीसम्म रोक्न निषेध गरेको छ ।
FACEBOOK COMMENTS