बुटवल । बुटवलबाट एक दम्पतीले सर्वसाधारणसँग करोडौं रकम ठगी गरेर फरार भएका छन् ।
गोरखा ताक्लुङ् स्थाइ घर भएका ४० वर्षका छविलाल राना र उनकी श्रीमती वर्ष ३९ की जगमाया रानाले आकर्षक ब्याजको प्रलोभन देखिएर बुटवलका दर्जनौं मानिससँग १ करोड रूपैयाँ भन्दा बढी रकम ठगेर फरार भएका हुन् ।
बुटवलमा रहेका आफन्त, साथीभाइसँग विभिन्न कामको लागि भन्दै करोडौं रकम जम्मागरेर राना दम्पती फरार भएका हुन् । फरार रहेका राना दम्पतीलाई यथाशीघ्र पक्राउ गरी कारबाहीको माग गर्दै पीडितले सञ्चारकर्मी गुहारेका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै पीडितले न्याय पाउन धेरै ठाउँ धाए पनि कसैले सुनुवाई नगरेको गुनासो गरेका छन् ।
ठगी गर्ने राना दम्पतीले सुरूसुरूमा आफ्नो समस्या देखाइ समाधान गर्न लगाउने र केही व्यक्तिलाई बैंक रकम नभएको (बाउन्स चेक) समेत दिएका छन् । सुरूमा १/२ लाख माग्ने र केही दिनपछि थप पैसा दिएमात्रै पुरानो पैसा आउने र दिने बहाना बनाउँदै पैसा असुल्ने गरेको पीडितहरूको भनाइ छ ।
राना दम्पतीले घरजग्गा खरिद गर्ने, व्यापार व्यवसाय गर्र्नेे, आपत् पर्यो भनी बुटवल उपमहानगरपालिका–८, सुख्खानगर बस्ने कल्पना ढकालसँग ४० लाख, सैनामैना–९, बाँसगढी बस्ने सुनिता क्षेत्रीसँग ३८ लाख, बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ बस्ने कोपिला कँडेलसँग २५ लाख रकम सापटी लिएको पीडितहरूले बताएका छन् । यस्तै, मिना शर्मासँग २ तोला सुन लिएका छन् ।
राना दम्पतीेले आफ्नो पीडा देखाएर कोहीसँग सापटी, कोहीसँग ब्याजमा गरी सिलसिलेबार ढंगबाट रकम उठाउँदै धेरैजनालाई ठगी गरेका छन् । राना दम्पतीले करोडौं रकम उठाएर फरार भएपछि पीडित व्यक्तिहरू न्यायको खोजीमा भौतारिइहेका छन् ।
FACEBOOK COMMENTS