काठमाडौं । रिडी पावर कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
आज कार्यालयसम्म आवेदन दिन सकिने छ । कम्पनीले चैत ३० गतेदेखि ११ लाख ३५ हजार ६५७ कित्ता सेयर निष्कासन गरेको थियो ।
न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले फागुन १८ देखि चैत ८ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।
बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS