१ महिनाको घरभाडा मिनाह | इन्टरनेट र भ्वाइस सेवामा २५ प्रतिशत छुट |
सरकारले घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न समेत मन्त्रिपरिषदको बैठकले निर्देशन जारी गरेको छ । आइतबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको हो ।
घरभाडा मिनाहा गर्ने र घर बाहाल कर समेत नलिने सरकारको भनाइ छ । यस्तै लकडाउन अवधिभर इन्टरनेट र भ्वाइस सेवामा २५ प्रतिशत छुट दिन सरकारले टेलिकम सेवा प्रदायकलाई निर्देशन दिएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले पनि यस्तो छुट सुविधा दिनुपर्ने सरकारका प्रवक्ता तथा अर्थ मन्त्री युवराज खतिवडाले जानकारी दिए । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’(सीसीएमसी’ स्थापना गर्ने भएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहने गरी स्थापना गरिने सीसीएमसीमा गृहमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सुरक्षा निकायका प्रमुख रहने मन्त्री खतिवडाले जानकारी दिए ।
सीसीएमसीले सरकारले जारी गरेको आदेश कार्यान्वयन गराउने, क्वारेन्टाइन र कोरोना संक्रमितको उपचारका लागि तयार पारिएका अस्पतालहरुको व्यवस्थापन गर्ने पनि मन्त्री खतिवडाले जानकारी दिए ।
FACEBOOK COMMENTS