रूकुम । सिस्ने गाउँपालिका -४ दादिङस्थित गवद भीरको ओढारबाट ४ थान भरूवा बन्दुक शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक ओढारमा लुकाई छिपाई राखिएको अवस्थामा फेला पार्दै बरामद गरेको हो।
प्रहरीका अनुसार, गुप्त सूचना प्राप्त भएपछि घटनास्थलमा पुगेको टोलीले बन्दुकको खोजी गर्दा उक्त ४ थान भरूवा बन्दुक वेवारिसे अवस्थामा भेटिएको थियो।
यस घटनामा प्रहरी अनुसन्धान जारी राखी, बन्दुकको मालिक र यससँग सम्बन्धित व्यक्तिहरूको पहिचान गर्न प्रयास भइरहेको जनाएको छ। प्रहरीले यस घटनामा थप जानकारी जुटाइ कानुनी कारवाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।
FACEBOOK COMMENTS