काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति भंग गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति भंग गरेको हो ।
बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनका लागि पुष्पकमल दाहाल ’प्रचण्ड’ संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ ।
केन्द्रीय समिति भंग भएसँगै अध्यक्ष प्रचण्ड स्वत: संयोजक बनेका हुन् । पदाधिकारी सबै विघटन गरेर महाधिवेशन आयोजक समिति सदस्य बनेका छन् ।
अन्य सबै समितिका प्रतिनिधि निर्वाचनबाटै चुनिने नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
FACEBOOK COMMENTS