काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलामा सात हजार ४०० रुपैयाँले बढेर प्रतितोला दुई लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि असोज १२ गते सुन तोलाको दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले बढेर दुई हजारर ९३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि असोज १२ गते चाँदी तोलाको दुई हजार ८१० मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS