काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । भोलि बिहान ११:३० बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको मंगलबारसम्मको लागि स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
उनका अनुसार बैठक अब कात्तिक २५ गते दिउँसो ११:३० बजे सानेपामा बस्छ। पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनको शोकमा कांग्रेसले भोलिको बैठक मंगलबारलाई सारेको हो ।
असोज २८ बाट सुरु भएको कांग्रेस बैठकमा महाधिवेशनको मितिबारे चर्को विवाद छ। संस्थापन पक्षले चुनावअघि महाधिवेशन गर्न नसक्ने अडान लिइरहेको छ भने इतर पक्ष नियमित नभए विशेष महाधिवेशन गरेर भएपनि नेतृत्व फेर्नुपर्ने पक्षमा छ।
नेपाली कांग्रेसले आइतबार तीनवटै तहमा रहेका पार्टी कार्यालयहरू बन्द गर्ने
FACEBOOK COMMENTS