जनकपुरधाम । मधेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत गरेकी हुन् ।
शनिबार मधेश प्रदेश सभामा विश्वासको मत लिन नसकेपछि राजीनामा घोषणा गरेका मुख्यमन्त्री सोनलले प्रदेश प्रमुख भण्डारी समक्ष लिखित राजीनामा बुझाएका थिए ।
प्रदेश प्रमुखको कार्यालयले भनेको छ:
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समझ मधेश प्रदेशका मुख्यमन्त्री श्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ ले नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजिनामा आज मिति २०८२ साल कार्तिक २२ गतेका दिन माननीय प्रदेश प्रमुखज्यूले स्वीकृत गर्नुभएको छ । साथै नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिपद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार संचालन गर्न तोकिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

FACEBOOK COMMENTS