बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ग्याँस बुलेट अनियन्त्रित भएर अवरुद्ध भएको सडक दुईतर्फी नै खुलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान ६ बजेतिर एउटा ग्याँस बुलेट उकालो चढ्न नसकेर सडकमै तेर्सो परेको थियो । सो ग्यास बुलेटलाई साइड लगाएर सडक दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको आरजे ५२ जीबी ३७५२ नम्बरको खाली ग्यास बुलेट दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२, त्रिसठ्ठी मोडमा शुक्रबार बिहान करिब ६ बजे उकालो चढ्न नसकी ब्याक भई सडकमै तर्सो परेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
FACEBOOK COMMENTS