काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले क्रिकेट विश्वकप लिग–२ मा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालका उपकप्तान दीपेन्द्रले यूएईविरुद्ध ५२ बलमा ५० रन पूरा गरेका हुन् । यसक्रममा उनले आठ चौका प्रहार गरेका छन् ।
दीपेन्द्रसँगै क्रिजमा रहेका आरिफ शेख पाँच रनमा खेलिरहेका छन् । जारी खेलमा नेपालले ३५.४ ओभरमा चार विकेट गुमाएर १८० रन बनाएको छ ।