काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि संसदीय सुनुवाइ एक दिन पछाडि सार्न माग गरेको छ ।
जारी संसदीय सुनुवाइ समितिको बैठकमा नेकपाका नेता वर्षमान पुनले थप अध्ययन गरेर मात्रै सुनुवाइ गर्नुपर्ने माग राखेका हुन् ।
‘निर्णयबारे मोटामोटी थाहा छ । कार्यपालिकाको निर्णयप्रति असहमतिकै लागि बसेका होइनौँ । संवैधानिक परिषद्मा तीनवटै अङ्ग र विपक्षी पनि छ ।