काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस बर्ष सम्पन्न हुनसक्ने आयोजनालाई प्राथमिकता दिएर बजेट विनियाजन गर्ने बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक अर्थमन्त्री वाग्लेले बजेटमा यसअघि ७०–८० प्रतिशत सम्पन्न भैसकेका आयोजनालाई यस पटक पर्याप्त बजेट दिएर यसै बर्ष सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको बताए ।
उनले लिएको ऋण जीडीपी अनुपात गर्नुपर्ने भन्दै अहिले ऋण पनि लिएको र जीडीपी पनि बढिरहेको बताए । उनले अहिले लिएको ऋण उत्पादन मुलक छ की छैन भन्ने भन्ने हेर्ने बताउदै ऋण लिनु समस्या नभएको दाबि गरे ।
उनले बजेटमा ठुला आयोजनालाई प्राथमिकतामा नै राखेको बताउदै ठुला आयोजनाको मोडालिटी स्पष्ट गरेर निर्णय गर्ने बताए । उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ऋण लिएर बनाएपछि संचालन गर्न नसकेको उदाहरण दिदै निजगढ विमानस्थलमा अहिले ठुलो रकम लगानी गर्न विगतका सरकार र अहिलेको सरकार पनि सचेत रहेको स्पष्ट गरे ।
अर्थमन्त्री वाग्लेले राष्ट्रिय क्षमताले भ्याएसम्म अधिकतम लचक भएर बजेट विनियोजन गर्ने बताउदै दैलेखको ग्यास उत्खननलाई चिनियाँ सरकारको सहकार्यमा अगाडी बढाउने र बजेटमा पनि आउने बताए । उनले स्वास्थ्य वीमा धेरै दुरुपयोग पनि भइरहेको भन्दै यसलाई पुनर्संरचना गर्ने बताउदै विपन्न जनताको आधारभूत र सक्नेले योगदानमा आधारित बनाउन सरकारले तयारी गरिएको बताए ।

अर्थमन्त्री वाग्लेले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै सरकारले मधेशलाई उच्च प्राथमिकता दिने बताए । उनले २०४८–४९ मा शुरु भएका आर्थिक सुधारका कामलाई निरन्तरता दिन सकेको भए अहिले अर्थतन्त्रको आकार अहिलेको दोब्बरको अवस्थामा भएको हुने समेत बताए ।
