काठमाडौं । नेपाल शिक्षक महासङ्घले आन्दोलन गर्ने भएको छ ।
शिक्षकका मागप्रति सरकार अनुदार देखिएको भन्दै भदौदेखि आन्दोलन गर्ने घोषणा गरेको हो । महासङ्घका अनुसार आन्दोलनका कार्यक्रमहरू छिट्टै सार्वजनिक हुनेछन् ।
महासंघले सरकार र महासङ्घबिच भएका सहमति विद्यालय शिक्षा ऐनमा हुनुपर्ने माग रहेको छ ।
महासंघले शिक्षकहरूलाई साउन महिनाबाटै प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, अव्यवहारिक सरुवा प्रबन्ध हटाउनुपर्ने लगायतका माग छन् ।