काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि विराटनगर किंग्सले श्रीलंकाका वर्तमान टी-२० कप्तान चरिथ असलंकालाई अनुबन्ध गरेको छ ।
विराटनगरले असलंकालाई भित्र्याएको औपचारिक घोषणा गरेको हो । २९ वर्षीय असलंकाले श्रीलंकाका लागि हालसम्म ७७ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै १४६६ रन बनाएका छन् ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिश जिसी, सुबास भण्डारी, सुजन थपलिया, अपराजित पौडेल, प्रतिक श्रेष्ठ, रुपेश कुमार सिंह, नरेन साउद, दिलसाद अली र इमरान सेखलगायतका घरेलु खेलाडी रहेका छन् ।
एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ ।
