सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट करिब ४ सय ९९ किलो गाँजाजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१३ निवासी ३२ वर्षीय अजयकुमार साह रहेका छन्। उनलाई प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय धरानसमेतबाट खटिएको प्रहरी टोलीले बीआर ११ वाई ३०३९ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजाजस्तो देखिने पदार्थ फेला पारेको थियो। त्यसपछि प्रहरीले गाडी चालक साहलाई पक्राउ गरेको हो ।
यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
