काठमाडौं । बर्जर जेन्सन एण्ड निकोल्सन प्रालिले आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ ।
कम्पनीले गुणस्तर व्यवस्थापनको लागि आईएसओ ९००१-२०१५, वातावरणीय व्यवस्थापनको लागि आईएसओ १४००१-२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि आईएसओ ४५००१-२०१८ प्रमाणपत्र प्राप्त गरेको छ ।
टीयूभी नर्ड क्रेड जीएमबीएचद्वारा प्रमाणित प्रमाणपत्रहरूले उच्च गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई उजागर गरेको कम्पनीको दाबी छ ।
यी प्रमाणपत्रहरूले देकोरेतिभ पेन्टहरू, वातर प्रूफिङ र कन्स्त्रकसन केमिकल र पुट्टीहरूको उत्पादन, भण्डारण, वितरण, बिक्री र आपूर्तिलाई समेट्दै अन्तर्राष्ट्रिय मापदण्डहरूप्रति कम्पनीको प्रतिबद्धतालाई सुदृढ गरेको जनाएको छ ।
यी प्रमाणपत्रहरूसँगै बर्जर जेन्सन एण्ड निकोल्सन प्रालि ले गुणस्तर, वातावरणीय जिम्मेवारी र समुदाय तथा कर्मचारीहरूको सुरक्षामा उत्कृष्टताको लागी समर्पित विश्वसनीय र अग्रणी उद्योगको रूपमा आफ्नो स्थितिलाई पुनस् पुष्टि गर्न सफल भएको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS