काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।
आइतबार साँझ बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्रोतका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS