काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि जारी निर्वाचन प्रक्रिया अनुसार आज उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन गरिएको छ ।
निर्वाचन समितिका अनुसार विभिन्न कलष्टरका पाँच जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
जिल्ला/नगर उपाध्यक्ष पदका उम्मेदवार सञ्जिव बहादुर कोईराला, एसोसिएट्स सदस्य पदका उममेदवार अनुपम राठी, वस्तुगत सदस्य पदका उम्मेदवार प्रह्लाद दाहाल, सुदूरपश्चिम प्रदेश सदस्य पदका उममेदवार शंकर बहादुर बोगटी र कर्णाली प्रदेश सदस्य पदका उम्मेदवार शान्ति प्रसाद शर्माले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए ।
उनका अनुसार आज बिहान ११ देखि दिउँसो ३ बजेसम्म मनोनयन फिर्ता लिने समय दिइएको थियो । सो अवधिमा पाँच जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
सोपश्चात समितिले आजै उम्मेदवारहरूको अन्तिम नामावली पनि प्रकाशित गरेको छ ।

प्रकाशित सूची यसप्रकार छ–
