काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । हिजो सोमबार पनि सुनचाँदीको मूल्य घटेको थियो । आज सुन तोलामा ४ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँमा झरेको छ ।
हिजो सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । अस्ति आइतबार सुनको मूल्य तोलामा ४ हजार ७०० रुपैयाँले बढेको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।
मूल्य घटेर चाँदी आज तोलाको ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
गएको आइतबार चाँदी तोलाको ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।