काठमाडौँ । मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु. ५०० र चाँदीको मूल्य प्रतितोला रु. १५ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रु तीन लाख ६ हजार १ सयमा काराबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतिोला रु. चार हजार ७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च तीन लाख ३९ हजार तीन सय रुपियाँ पुगेको थियो भने सो दिन चाँदीको मूल्य पनि हालसम्मकै उच्च ७ हजार पाँच सय पाँच रुपियाँ कायम भएको थियो ।