काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा अनफलो गर्ने अभियान चलाएका छन् ।
नेकपा (एमाले) की लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्माले बालश्रम शोषण गरेको विषयमा मेयर शाहले लेखेको स्टाटस फेसबुकले हटाइदिएपछि उनी समर्थकले यसको दोष ओलीलाई दिँदै उनीविरूद्ध अनफलो अभियान चलाएका हुन् ।
अभियानको प्रभावस्वरूप प्रधानमन्त्री ओलीलाई २४ घण्टा नबित्दै ७२ हजारले अनफलो गरेका छन् । मंगलबारसम्म ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स थिए । यो सामग्री तयार पार्दासम्म ओलीको फेसबुक पेजमा फलओर्स संख्या ५ लाख ९४ हजारमा झरेको छ ।
यता, मेयर शाहलाई फेसबुकमा फलो गर्नेको संख्या भने बढेको छ । मंगलबारसम्म मेयर शाहको फेसबुक पेजमा २० लाख फलओर्स थिए । यो सामग्री तयार पार्दासम्म उनको पेज फलो गर्नेको संख्या बढेर २१ लख पुगेको छ ।
FACEBOOK COMMENTS