काठमाडौं । लक्ष्मी बैंकले ‘ब्राण्ड फिल्म’ निर्माणका लागि क्राउडसोर्सिङ ‘प्रो भर्जन’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरूको खोजी गर्नका लागि बैंकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताका विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माणमा लागि २० लाख रुपैयाँको कन्ट्र्याक्ट प्राप्त गर्नेछन् ।
क्राउडसोर्सिङ ‘प्रो भर्जन’ प्रतियोगिता लक्ष्मी बैंकको पाँचवटा मूलमान्यताहरु रिलेसनसिप, एक्स्प्लोरर्स, टिमवर्क, रेस्पोन्सिबल, प्रोग्रेसिभमा आधारित रहने बताइएको छ । यसैको आधारमा बैंकले आफ्नो २० औं वर्षको यात्रा तय गर्न सफल भएको जनाएको छ । सबै प्रतियोगीहरुलाई विज्ञ प्यानलले प्राविधिक र रचनात्मक दुवै पाटोलाई मध्यनजर गर्दै मूल्यांकन गरिने बैंकले जनाएको छ।
बैंकले प्रतियोगितासम्बन्धी थप जानकारी आफ्नो वेबसाइटबाट समेत हेर्न सक्ने जनाएको छ । ‘यो प्रतियोगिता लक्ष्मी बैंकको क्राउडसोर्सिङमा आधारित तेस्रो प्रतियोगिता हो । यसअघि २०१८ मा बैंकले ‘माई कार्ड आइडियाज्’ र २०२० मा ‘माई मोबाइल मनि’ भिडियो निर्माण प्रतियोगितामा सफलता पाइसकेको छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS