काठमाडाैं ।सिजी टेलिकमद्वारा नथिङ फोन थ्रि ए नेपाली बजारमा आईपुगेको छ।
चौधरी समूह (ग्रुप) अन्तर्गतको सिजी टेलिकमले नेपाली बजारमा नथिङ फोन थ्रि ए सेरिज लन्च गरेको हो।
विश्व बजारमा हट केक सावित भएको यो स्मार्टफोनले नेपाली बजारमा पनि उपभोक्ताको अत्यधिक आकर्षण प्राप्त गर्न सफल भएको छ।
गएको मार्च ५ तारिखदेखि प्रिबुकिङ सुरु गरिएको नथिङ फोन थ्रि ए को प्रिबुकिङ दोस्रो दिनमै बन्द गर्नुपरेको थियो। लिमिटेड स्टकमा दिइएको एक्साइटिङ प्रिबुकिङ अफरमा उपभोक्ताको अत्यधिक रुचि देखिएकाले तोकिएको अवधि नसकिंदै प्रिबुकिङ अफर रोकिएको सिजी मोबाइलका महाप्रबन्धक विनय जोशीले बताए।
नथिङ टेक इन्थुजियास्टहरूको सर्वाधिक प्रिय स्मार्टफोन ब्रान्ड हो। “स्मार्टफोन डिजाइन निकै बोरिङ भएको छ, यसलाई नयाँ डिजाइन ल्याङ्ग्वेजमा पुनर्जनन गर्नुपर्छ” भन्ने सोचका साथ नथिङका संस्थापक कार्ल पेईले सन् २०२२ मा पहिलो स्मार्टफोन फोन वान प्रिमियम लुक्स र डिजाइनमा विश्व बजारमा ल्याएका थिए। उक्त फोनको आम उपभोक्ताले खुलेर प्रशंसा गरेपछि नथिङ इन्नोभेटिभ स्मार्टफोनको रूपमा विश्व बजारमा स्थापित भएको थियो।

‘ट्रान्सप्यारेन्ट ब्याक डिजाइन र ग्लिफ लाइटिङ भएको फोनको रूपमा नथिङ टाढैबाट सहजै चिनिन्छ,’ महाप्रबन्धक जोशी भन्छन्, ‘यो विशेषतालाई नथिङले आफ्नो नयाँ सेरिज फोन थ्रि ए मा पनि निरन्तरता दिएको छ। अघिल्लो सेरिजको डिजाइन ल्याङ्ग्वेजलाई पछ्याउँदै थप परिमार्जन र परिस्कृत डिजाइन यसमा समावेश गरिएको छ।’

हालै नेपाली बजारमा उपलब्ध भएको नथिङ फोन थ्रि ए को डिजाइन अझ प्रिमियम देखिएको छ। फोनको पछिल्लो भागमा थपिएको एउटा क्यामेराले डिजाइनलाई उत्कृष्ट बनाएको छ भने अघिल्लो सेरिजको ट्रान्सप्यारेन्ट प्लास्टिक ब्याक प्यानललाई ग्लास ब्याक प्यानलले प्रतिस्थापन गर्दा फोन अझ क्लासी र प्रिमियम देखिएको छ।

५००० मिलिएम्पीयरको ब्याट्री र ५० वाटको वायरलेस चार्जिङ भएको नथिङ फोन थ्रि ए मा १२० हर्ज रिफ्रेस रेटको एमोलेड डिस्प्ले छ। चारैतिर समान र न्यून बेजल भएको यो डिस्प्ले बजारका कुनै पनि फ्ल्यागशिप स्मार्टफोनसँग प्रतिस्पर्धा गर्न सक्षम छ। ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा, ५० मेगापिक्सेलको मेन क्यामेरा, ५० मेगापिक्सेलको टेलिफोटो क्यामेरा र ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेराले सुसज्जित यो फोनले क्रिस्प, क्लियर र नेचुरल फोटो खिच्छ। फोरके भिडियो र अप्टिकल इमेज स्टेबलाइजरले प्रोफेसनल क्वालिटीको भिडियो सम्भव बनाउँछ।
एन्ड्रोइड १५ अपरेटिङ सिस्टममा आधारित यो फोनमा नथिङले थप तीन जेनेरेसनको ओएस अपग्रेडको प्रतिबद्धता गरेको छ। ४ न्यानोमिटरको शक्तिशाली स्न्यापड्रागन जेन ७ एस प्रोसेसर प्रयोग गरिएको यो फोन ८ जीबी र्याम र १२८ जीबी स्टोरेज वा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज अप्सनमा उपलब्ध छ।
फ्ल्यागशिप ग्रेडको परफरमेन्स र फिचर भए पनि नथिङ फोन थ्रि ए मिडरेन्ज मूल्य सेग्मेन्टमा पर्छ। त्यसैले किफायती मूल्यमा प्रिमियम स्मार्टफोन चाहने टेक स्याभी युवाहरूको पहिलो रोजाइमा नथिङ पर्दै आएको छ। नेपाली बजारमा यो फोन ब्लु, ब्ल्याक र ह्वाइट कलर अप्सनमा उपलब्ध छ भने शुरुवाती भेरियन्टको मूल्य ४८,९४९ रुपैयाँ तोकिएको छ।