काठमाडौं । नेपाल राष्ट्र बैंकले २३ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । २३ अर्ब २३ करोडमा २० अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको छ । बाँकी रहेको ३ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको छ ।
राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको छ । मंगलबार जारी हुने ट्रेजरी बिलमा आज दिउँसो २ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्बको ट्रेजरी नवीकरण गर्न लागेको छ । यो पुस ३ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको छ भने ३ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको छ । फागुन ८ गते परिपक्व हुनेछ । १८२ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको छ । यो २०८१ जेठ ८ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन बिक्री गरिन्छ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
FACEBOOK COMMENTS