काठमाडौं । भोटेकोसी बाढीको राहत तथा उद्धारका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री राहत तथा उद्धार कोषमा हालसम्म ४ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।
शनिबारसम्ममा विभिन्न संघ–संस्था, निजी कम्पनी र व्यक्तिगत आर्थिक सहयोगबाट ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ नगद संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
१० भदौ २०८३ को भोटेकोसी बाढीपछि तीन दिनमा मात्र १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ संकलन भएको मन्त्रालयले जनाएको छ ।
थप विभिन्न विदेशी दातृ निकायहरूबाट ६ लाख ८० हजार ६१८ अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्राप्त भएको सरकारले जनाएको छ । विनिमयदरअनुसार विदेशी सहयोग आजको दिनसम्म १० करोड ४० लाख ७३ हजार रुपैयाँ प्राप्त भएको छ ।
कुन बैंकमा कति जम्मा भयो ?

नेपाल बैंक– रु. ९,२३,८८,६१४
कृषि विकास बैंक– रु. ९,५२,६२,७१५
एभरेस्ट बैंक– रु. १,९५,२७,१८,१८५
स्ट्यान्डर्ड चार्टर्ड बैंक– रु. ३०,६२,८८,७५०
हिमालयन बैंक– रु. २३,१७,१४,९५३
लक्ष्मी सनराइज बैंक– रु. ३०,०८,५८,७५१
राष्ट्रिय वाणिज्य बैंक– रु. ३,२७,९९,०२,३३५
नबिल बैंक– रु. १६,४०,४७,७०८
ग्लोबल आइएमई बैंक– रु. १३,०१,८०,०००
डलर खाता
हिमालयन बैंक– ५९१,४५१ अमेरिकी डलर
लक्ष्मी सनराइज बैंक– ८९,१६७ अमेरिकी डलर