काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको जनादेशले देशलाई अस्थिरतातर्फ धकेल्ने बताएका छन्।
काठमाडौंमा आयोजित आर्थिक पत्रकार समाजको २६ औं वार्षिकोत्सवमा बोल्दै एमाले नेता पौडेलले यसबाट देश दुर्घटनामा समेत पर्न सक्ने बताए। उनले भने, ‘अहिलेको जनदेशबाट स्थिर सरकार निर्माण हुँदैन। यसले मुलकलाई अस्थिरतातर्फ धकेल्ने छ। मुलुक दुर्घटनामा पर्न सक्छ।’