काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीबाट निष्कासित नेता मुकुल ढकाललाई कुटपिट गर्ने धम्की दिएका छन् ।
वाग्लेको सचिवालयबाट आफूलाई कुटपिट गर्ने धम्की आएको भन्दै नेता ढकालले आफ्नो फेसबुकमार्फत घटना सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइनँ । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनँ…’ लगायत अनेक भनेकाले हिँजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’
ढकालको यो खुलासाबारे उपसभापति डा. वाग्लेले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।
