काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनलाई साथ दिएको छ ।
संसदीय दल र पार्टी पदाधिकारीको संयुक्त बैठकले राष्ट्रपतिका ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।
मतदान जारी रहेका बेला बसेको रास्वपा बैठकले पौडेललाई मत दिने निर्णय गरेको एक सांसदले बताए ।
रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।
FACEBOOK COMMENTS