काठमाडौँ । पुर्वमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नयाँ भन्दै शुभकामना दिएकी छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै सुमनाले नयाँ रास्वपामा नयाँ पुराना साथीहरुले अहिले उठाएका प्रश्नहरु अहिलेको नेतृत्ववले सुधार गर्नेछ र सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने छैनन भन्ने विश्वास गर्नुपर्ने बताएकी छन् । उनले नयाँ रास्वपामा नयाँ सम्भावनाहरुले फल्ने फुल्ने वातावारण मिलोस् भन्दै जनताको चाहना बलियो नयाँ शक्ति रहेको र त्यसका लागि पहल गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।
उनले भनेकी छन्:
नयाँ रास्वपालाई शुभकामना छ। जनताको चाहना बलियो नयाँ शक्ति थियो, छ र त्यसका लागि पहल गर्ने सबैलाई धन्यवाद छ। बधाई छ।
म व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न भएको थिएन। रास्वपा छोडेको पनि त्यहाँ अवसर नपाएर हैन। देशका युवाहरूका लागि देशमै समान अवसर बनाउने र नेपालीलाई नेपालीमात्र भएर बाँच्न सक्ने अवसर बनाउने बाहेक कुनै एजेण्डा छैन मेरो।

राजनीतिक दलहरूभित्र प्रश्न मरेको दिन, प्रश्नलाई पाखा लाउन मिडिया ट्रायल र साईबर बुलिङ गरेर व्यक्तिको चरित्र हत्या गर्न लागेको दिन दलभित्र लोकतन्त्र बाँकि रहँदैन। नयाँ रास्वपामा नयाँ पुराना साथीहरुले अहिले उठाउनु भएको प्रश्नहरु अहिलेको नेतृत्ववले यो कुरामा सुधार गर्नेछ र सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने छैनन भन्ने विश्वास गरौँ। सहि प्रश्नले मात्र दललाई सहि दिशा दिन सक्छ भन्ने ज्ञात रहोस्।

मेरो राजनीतिक यात्राबारे मलाई सोधेर भन्दा अनुमानका भरमा समाचार र धारणा नबनाईदिनुहोला। म नयाँ राजनीतिमार्फत नयाँ सम्भावनाको खोजीकालागि जनता माझ थिए र अनवरत छु। दल, चिन्ह, पद, भूमिकासबै अस्थायी हुन् जनताको आवाजको प्रतिनिधित्व नै राजनीतिको स्थायी कर्म हो। म प्रति को चासो र चिन्ता को लागि धन्यवाद ! केहि नियोजित गालि बाहेक सबै चासो, चिन्ता र आलोचनामा तपाईहरुले म प्रति देखाउनु भएको माया भन्ने बुझेकी छु।

मेरो राजनैतिक भबिष्यको चिन्ताको सट्टा देश र तपाइलाई भरोसा लाग्ने पार्टी भित्रको लोकतान्त्रिक मूल्य मान्यता जोगाउने चिन्ता लिनु होला। त्यो बिना जो जहाँबाट जोडिएर जिते पनि अन्तिममा जनता र देशले हार्ने छ।

नयाँ रास्वपामा नयाँ सम्भावनाहरुले फल्ने फुल्ने वातावारण मिलोस् । शुभकामना । बधाई भन्न पाइयोस् ।

FACEBOOK COMMENTS