काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि तामाङको मृत्युमा शोक व्यक्त गरेकी छिन् ।
ममता बनर्जीले इन्डियन आइडल विजेता प्रसिद्धि प्राप्त राष्ट्रिय स्तरमा मान्यता प्राप्त कलाकार प्रशान्त तामाङको अचानक र असामयिक निधनबाट दु:खी भएको बताएकी छन् ।
उनले भनेकी छन् ’दार्जिलिङ पहाडहरूसँगको उनको सम्बन्ध र कोलकाता प्रहरीसँगको उनको एक समयको सम्बन्धले उनलाई बंगालमा हामी सबैको लागि विशेष प्रिय बनायो । म उनको परिवार, साथीभाइ र अनगिन्ती प्रशंसकहरूप्रति समवेदना व्यक्त गर्छु ।’तामाङको आइतबार दिल्लीमा हृदयघातका कारण निधन भएको थियो ।
FACEBOOK COMMENTS