काठमाडौं । शेयर बजार परिसूचक नेप्से बिहीबार थप ५ अंकले घटेको छ ।
अघिल्लो दिन बुधबार २५.८१ अंकले घट्दै २ हजार ७४४.४५ अंकमा झरेकोमा आज थप ५.७३ अंकले घट्दै २ हजार ७३८.७२ अंकमा झरेको हो ।
उसो त आज कारोबार रकममासमेत गिरावट आउँदै जम्मा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको १ करोड ९ लाख ७७ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको छ ।
अघिल्लो दिन २५ अंकमाथिले नेप्से घटेको बजारमा ४ अर्ब ९५ करोड ४६ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ४ हजार कित्ता शेयर कारोबार भएको थियो ।
आज बैंक समूह र म्यानु एण्ड प्रो समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।

१६१ कम्पनीको शेयर मूल्य घट्दा आज ९८ वटा कम्पनीको मूल्य बढेको छ । आज श्रीनगर एग्रिटिच इन्ड्रस्ट्रीज लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १२.५७ प्रतिशतले बढेको छ भने शिखर पावर डेभलपमेन्टको मूल्य ७.९१ प्रतिशतले बढेको छ ।

कर्पोरेट डभलपमेन्ट बैंकको शेयर मूल्य भने आज १०.३८ प्रतिशतले घटेको छ ।

यो पनि पढ्नुहोस्–
दुई तिहाइको सरकार र शेयर बजार: उच्च अपेक्षाबीच किन ओरालो लाग्दैछ बजार ?