काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक करोड एक लाख रुपियाँ सहयोग गरेको छ ।
उक्त रकमको चेक कोषका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तर कुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सोमबार हस्तान्तरण गरेका हुन् ।
रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दु:खद् परिस्थितिमा सरकारको राहत, उद्धार तथा पुन:स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषले उक्त रकम जम्मा गरेको हो ।
सो अवसरमा कोष सञ्चालक समितिका सदस्य नारायणप्रसाद घिमिरे तथा निर्देशक शोभा श्रेष्ठको समेत उपस्थिति थियो ।