काठमाडौं । नेपालकै अग्रणी टायल ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार पहुँच बढाउँदै मोरङको कञ्चनबारीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
’अन्नपूर्ण बाथवेयर एन्ड मार्बल्स’सँगको सहकार्यमा व्यवस्थापन गरिएको यस आधुनिक शोरुमले मोरङ र आसपासका क्षेत्रका स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय वाल, फ्लोर र बाथवेयर सोलुसन्स प्रत्यक्ष रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाल तथा अन्नपूर्ण बाथवेयर एन्ड मार्बल्सका व्यवस्थापन टोलीको विशेष उपस्थितिमा यही असार २५ गते शोरुमको औपचारिक उद्घाटन गरिएको हो ।
आकर्षक र ग्राहक–मैत्री ढाँचामा सजाइएको यस शोरुमले खरिदकर्ताहरूलाई उत्कृष्ट र नयाँ सपिङको अनुभव गराउनेछ ।
शोरुममा आउने ग्राहकहरूले विभिन्न प्रिमियम टायल्सका प्याटर्न, टेक्सचर र फिनिसिङलाई प्रत्यक्ष हेरेर, महसुस गर्दै आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उत्कृष्ट डिजाइन सहजै रोज्न सक्ने कम्पनीले जनाएको छ ।