काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर तथा शाखाहरूको उत्कृष्ट कार्यसम्पादनको सम्मानस्वरूप ‘सिटिजन लिडर्स नाइट २०२६’ काठमाडौँको रोयल टुलिप होटल, ग्वार्कोमा अत्यन्त भव्य र सभ्य वातावरणमा सम्पन्न गरेको छ।
एक हजारभन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्दै विभिन्न विधामा छनोट भएका सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो। कार्यक्रमभर उत्साह, सम्मान, आत्मगौरव र सफलताको भावनाले भरिएको वातावरण देखिएको थियो।
कार्यक्रमको औपचारिक शुभारम्भ कम्पनीको नयाँआई–सोलुसन प्रणाली सफ्टवेयरको शुभारम्भसँगै गरिएको थियो। कम्पनीकाअध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्यहरू तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा ‘भर्सन नेस्क्ट’ ‘को उद्घाटन गर्दै कम्पनीको डिजिटल रूपान्तरणतर्फको नयाँ यात्राको शुभारम्भ गरे।
आधुनिक प्रविधिमा आधारित यस प्रणालीले कम्पनीको सेवा प्रवाहलाई अझ प्रभावकारी, छरितो, सुरक्षित तथा ग्राहकमैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो। यस अवसरमा कम्पनीले प्रविधिमैत्री, नवप्रवर्तनमुखी तथा भविष्य उन्मुख संस्थाको रूपमा आफ्नो प्रतिबद्धतालाई पुन: दोहोर्याएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमाह्युमानोइड रोबोट तथा रोबोटिक डगप्रस्तुत गरिएका थिए। ह्युमानोइड रोबोटलेप्रेरणादायी तथा सूचनामूलक हास्यरस मिश्रितसम्बोधन गर्दै सहभागीहरूको विशेष ध्यान आकर्षित गरेको थियो। आधुनिक प्रविधि र नवप्रवर्तनलाई कार्यक्रमसँग जोड्ने कम्पनीको प्रयास सहभागीहरूले अत्यन्त रुचाएका थिए।
हास्य कलाकार सुन्दर खनालले आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत सम्पूर्ण हललाई हाँसोले गुञ्जायमान बनाएका थिए भने कम्पनीका ब्राण्ड एम्बेसडर, नेपाली हास्यव्यंग्यका महान् व्यक्तित्वहरिवंश आचार्यरमदनकृष्ण श्रेष्ठको विशेष उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। उनीहरूको मनोरञ्जनात्मक प्रस्तुतिले सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो।
कार्यक्रममा कम्पनीकाअध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा प्रमुख बजार अधिकृत भूषण रिमालले सम्बोधन गर्दै कम्पनीको भावी रणनीति, बीमा व्यवसायको सम्भावना, नेतृत्व विकास तथा उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिन सहभागीहरूलाई प्रेरित गरे। उनीहरूले सिटिजन लाइफलाई अझ सशक्त, दिगो र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन सबैलाई एकजुट भएर कार्य गर्न आग्रह गरे।
कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने८ जनासिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।