काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
महासंघको ६०औँ वार्षिक साधारण सभामा निर्वाचन प्रक्रिया सुरु हुनुअघि कमलादीस्थित प्रज्ञा भवनमा उम्मेदवारहरू प्रचारप्रसारमा तिब्र लागेका छन् । यतिबेला उम्मेदवारहरु मतदातासँग मत मागिरहेका छन् ।
हिले उपाध्यक्ष र कार्यसमिति सदस्यमा मात्र निर्वाचन हुनेछ । यसैअनुसार यसपटक वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले भावी अध्यक्षका रूपमा महासंघको नेतृत्व गर्ने भएका छन् । बाँकी ४ उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुनेछ ।

आज नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचनका लागि ७३ पदाधिकारीका लागि १३७ व्यवसायी चुनावी मैदानमा उत्रिएका छन् । महासंघमा जिल्ला-नगर, वस्तुगत र एसोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ ।

यस निर्वाचनमा वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ समुहले प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

