काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले अर्को विद्यार्थी र कर्मचारी सङ्गठन थपेर शिक्षाको गुणस्तर र कर्मचारीको सम्मान बढाउन नसकिने भएकाले खारेज गरिएको बताएका छन् ।
रास्वपाले त्यस्तै सङ्गठन बनाउन नसकेर अरुका विद्यार्थी र कर्मचारीलगायतको सङ्गठन खारेज नभइ शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्न अध्यादेशमार्फत खारेज गरिएको उनले स्पष्ट गरेका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा सङ्गठन बनाउन नसकेर गरेको होइन । चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी सङ्गठन बनाउन सक्छ । तर अर्को दलगत सङ्गठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ,’ उनले भनेका छन्, ‘त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो, शिक्षालयमा दलको झण्डा निषेध र कर्मचारीतन्त्रमा दलको झोला निषेध गरिएको छ । यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ ।’
ट्रेड युनियन खारेज भएसँर्ग अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षताको आधारमा हुने उनको भनाइ छ ।
हेर्नुहोस् प्रधानमन्त्रीको धारणा जस्ताको तस्तै–

