काठमाडौं । नेपाली कांग्रेसभित्र सरकारप्रतिको असन्तुष्टि बढिरहेको समाचारहरू सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाबीच भेटवार्ता भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । एक घण्टा लामो भेटवार्तामा मुलुकको समसायिक राजनीतिक घटनाक्रमहरूबारे छलफल भएको बताइएको छ ।
भेटपछि दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने र बाहिर चलेजस्तो कुनै समस्या नभएको निष्कर्ष निकालिएको बताइएको छ ।
देउवासँगको भेटलगत्तै प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक पनि बोलाएको छन् । बैठक साँझ ६ बजे बालुवाटारमा बस्ने छ ।
FACEBOOK COMMENTS